अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मल खरिद प्रकरणमा एक अर्ब ५३ आख रुपैयाँ बिगो दाबी गर्दै कृषि सामाग्री कम्पनी लिमिटेडकका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आइतबार अख्तियारले विषेश अदालतमा मुद्धा दायर गरेको हो। कृषि सामग्री कम्पनी लिमिटेड कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उप–प्रबन्धक पुष्कर दिप बुढासहित १० जना विरुद्ध सो मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।