काठमाडौँको तापक्रम आज पनि घट्यो, भोलिबाट अझै चिसो बढ्ने
काठमाडौँ । आज बिहीबार काठमाडौँ उपत्यकाको तापक्रम घटेको छ। आज न्युनतम तापक्रम बुधबारभन्दा १.२ डिग्री सेल्सियसले घटेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारको न्युनतम तापक्रम ४.२ थियो भने आज भने बिहीबार ३ डिग्री मापन भएको छ।
अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । काठमाडौँको तापक्रम बिहीबार र शुक्रबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रममा स्थिर रहेकोमा शनिबार घटेर २.५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो ।
काठमाडौँ । राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ...