कांग्रेस सहमहामन्त्री उपाध्याय मकवानपुर १ बाट सिफारिश

हेटौंडा : मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ बाट नेपाली कांग्रेसले केन्द्रीय सहमहामन्त्री डीना उपाध्यायको नाम सिफारिश गरेको छ।मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा कांग्रेसले सहमहामन्त्री उपाध्यायको नाम सिफारिश गरेको हो।शुक्रबार बिहान हेटौंडामा बसेको क्षेत्रीय बैठकले प्रतिनिधिसभातर्फ सम्भावित उम्मेदवारको रुपमा कांग्रेस सहमहामन्त्री डीना, बागमती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल माइकल र महासमिति सदस्य जयराम लामिछानेको नाम प्रत्यक्षतर्