काठमाडौँ । करेन्ट लागेर काठमाडौँको सुन्दरीजलका एक युवकको मृत्यु भएको छ। मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मृत्यु भएको हो। मंगलबार अपराह्न ४ बजेतिर उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। […]