एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा रु आठ लाख ५४ हजारसमेत लिई दुई वर्षअघि यसरी बेचबिखन गरे