ब्राजिलको राष्ट्रपतिमा मजदुर नेता लुला निर्वाचित

ब्राजिलमा वामपन्थी नेता लुला दा सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई पराजित गर्दै पूर्वराष्ट्रपतिसमेत रहेका लुला राष्ट्रपतिमा विजयी हुनुभएको हो । लुलाले ५० दशमलव ८ प्रतिशत मत पाउनुभएको छ । बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गरेका बीबीसीले जनाएको छ । पहिलो चरणको चुनावमा कसैको पनि बहुमत नआएपछि लुला दा सिल्भा र बोल्सोनारोबीच हिजो आइतवार पुनः चुनाव भएको हो । ७७ वर्षका मजदुर नेता लुला राष्ट्रपति चुनिएको यो तेस्रो पटक हो । उहाँले आउँदो जनवरी १ देखि ब्राजिलको सत्ता सम्हाल्न...