तीन तहको सुरक्षा घेरा बनाइँदै, सुरक्षाकर्मी थपिँदै

नेपाल–भारत सीमा नाकाको सुरक्षाव्यवस्था थप मजवुत र प्रभावकारी बनाउन तीन तहको सुरक्षा घेरा निर्माण गर्ने विषयमा आवश्यक तयारी गरिएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण गर्न दुईटै देशका सरकारले सीमा नाका शील गरेसँंगै अवैध मार्ग प्रयोग गर्नेका कारण सुरक्षा चुनौती थपिएपछि उक्त तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।