म्याग्दीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, सात जना घाइते
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका २ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ। छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो।...
सिरहाको कल्याणपुर मिर्चैया नगरपालिकामा भएको सवारी दुर्घटनामा परी बुधबार राति तीन जनाको मृत्यु भएको छ। कल्याणपुरमा ट्याक्टर पल्टिँदा किचिएर दुई जनाको र मिर्चैयामा दुई मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ।...
आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ। पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय५२ जनाको मृत्यु भएको छ। तीमध्ये मङ्गलबार थप सात जनाको मृत्यु भएको हो।
वीरगञ्ज – बारामा पोखरीमा डुबेर बुधबार दुई जनाको मृत्यु भएको छ। जिल्लाको कोल्हवी र कलैया उपमहानगरपालिकामा डुबेर दुई जनाको मृत्यु भएको हो। कोल्हबी नगरपालिका–११ बेलवा टोल बस्ने ५२ वर्षीय वीरनाथ चौधरीको बुधबार साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए। घाँस काट्न जान्छु भनी […]
बुधबार राति रौतहट र बारा जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुवै दुर्घटनामा दुई मोटरसाइकलमा सवार चार जनाको मृत्यु भएको हो । रौतहटको गरुडा नगरपालिका–४ गरुडामा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहटको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह छन् । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।यस्तै, बार
पाँचथरमा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै छ जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा मात्रै १५ जनाको मृत्यु भएको छ । थप दुई जना बेपत्ता छन् । यस्तै फिदिम नगरपालिकामा दुई, फाल्गुनन्द गाउँपालिकामा तीन र कुम्मायक गाउँपालिकामा एक जनाको पहिराले पुरिएर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिए ।
घाइतेहरुको हेलिकोप्टरमार्फत समेत उद्धार कार्य चलिरह...
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।
काठमाडौं। देशका बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।