धनकुटामा कांग्रेसका सुनिलबहादुर थापालाई हराउँदै एमालेका राई निर्वाचित

काठमाडौं, ८ मंसिर । धनकुटामा एमालेका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । उनले कांग्रेसका सुनिलबहादुर थापालाई १३७३ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित राईले ३००९६ मत ल्याएका छन् । थापाले २८७०३ मत ल्याएका छन् । यो क्षेत्रमा थापा सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।