काठमाडौं : भेरीगङ्गा नगरपालिका-१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ। बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए। उनका अनुसार खबर पाएलगत्तै इलाका…