पहाडी क्षेत्रमा चट्याङ र तराईमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाण्डौ – हावाहुरी र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । चट्याङ र हावाहुरीका कारण मानवीय क्षति हुने जोखिम धेरै हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् । चट्याङ परेका बेला र हुरी चलेका बेला घर भित्रै सुरक्षित रहन मौसमविद् वरुण पौडेलको सुझाव छ । पहाडी क्षेत्रका धेरैजसो ठाउँमा आज पनि बेलुकीपख मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार बेलुकीपख काठमाण्डौसहित केही पहाडी जिल्लाका हल्का वर्षाको सम्भावना पनि छ । पहाडी क्षेत्रमा हल्...