सिंहदरबार प्रवेश पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको छ । पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको हो ।बुधबार मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ : ‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने, अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरे