मेसन माउन्टको दुई गोलको मद्दतले चेल्सीले एस्टन भिल्लालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेल्सी २–० गोलले विजयी भएको हो ।खेलको छैटौँ मिनेटमा नै टाइरोन मिंग्सको गल्तीको फाइदा उठाउँदै माउन्टले चेल्सीलाई अग्रता दिलाए । खेलको ६५ औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै उनले टोलीको जीत सुनिश्चित गरे । यो सिजन क्लबका लागि गोल गरेको उनले यो पहिलो अवसर थियो ।९ खेलपछि १९ अंक बटुल्दै चेल्सी लिगको चौथो स्थानमा रहेको छ । भिल्ला ९ अंकसहित लिगको १६ औँ स्थानमा रहेको छ ।