राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारबाट काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । यद्यपि उक्त निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको निर्णयले वैधानिकता पाउनेछ ।‘राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय प्रस्तावका रूपमा आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा