खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीको मैस्याङटार आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्न थालेको छ । अग्लो डाँडामा रहेको, हरिया चौर र वरपर जङ्गलले घेरिएको मैस्याङटार पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य स्थलको रूपमा विकास हुँदै गएको हो । मैस्याङटारमा नयाँ वर्ष, दशैंतिहार, साकेला उभौली र मंसिर लागेपछि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पर्यटकीय स्थल मैस्याङटारमा […]