सरकारी वकिल, कानुन र न्याय समूहका सहसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल न्याय सेवातर्फ सहसचिवको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले आइतबार नेपाल न्याय सेवा भित्रका न्याय, कानुन र सरकारी वकिल तर्फ राजपत्राङ्कित प्रथम श्रेणी(अप्राविधिक) सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको हो । जसमध्ये न्याय समूहतर्फ सूर्यवंश शर्मा कँडेल, कानुन समूहतर्फ अरुणा जोशी र सरकारी वकिल समूहतर्फ गोविन्द खनाल उत्तीर्ण भएका छन् ।

सम्बन्धित सामग्री

उपसचिवको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधवार नेपाल न्याय सेवा, न्याय समूह, कानुन समूह, सरकारी वकिल समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, नेपाल प्रशासन सेवा, लेखा समूह,नेपाल प्रशासन सेवा, राजस्व समूह,नेपाल लेखा परीक्षण सेवा, नेपाल सङ्घीय संसद् सेवा, सामान्य प्रशासन समूह र नेपाल आर्थिक योजना […]

न्याय सेवा आयोग बैठक : ७ उपसचिव र १६ अधिकृतलाई बढुवा गर्ने निर्णय

न्याय सेवा आयोगको आज बसेको बैठकले सात उपसचिवलाई सहसचिव र १६ अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्याय समूहतर्फ सहसचिवमा भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ शम्भुराज रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको न्याय परिषद्का सचिव मानबहादुर कार्कीले जानकारी दिए ।बैठकले उपसचिवमा न्याय समूह हरिप्रसाद रेग्मी, सदन अधिकारी, निरज पोखरेल र क