भारतमा सन् १९६७ देखि शुरु भएको नक्सलवादी सशस्त्र विद्रोह ५४ वर्षसम्म पनि जारी छ। कहिले सुस्ताउँदै त कहिले बौरिँदै अघि बढिरहेको यो कम्युनिष्ट विद्रोहलाई भारतीय राज्य संयन्त्रले मुलुकका लागि प्रमुख सुरक्षा खतराका रूपमा लिएको छ। पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लाको सिलगुढी सव-डिभिजनमा पर्ने नक्सालबारी ब्लकमा स्थानीय आदिवासी र बंगालका कट्टरपन्थी कम्यूनिष्ट नेताहरू प्रतिको रुझान अघिल्लो शताब्दीको ६० को दशकमा जस्तो थियो, अहिले झनै व्यापक बनिरहेको छ।व्यवस्थित र तालिमप्राप्त सेनासहित माओवादीहरूले ल