प्रेमीको हिंसामा घाइते भएकी राधिकाको न्यायका लागि आमाले दिइन् प्रहरीमा जाहेरी

सिन्धुलीकी २२ वर्षीया राधिका कार्कीलाई जनकपुरधाममा प्रेमीले करेन्ट लगाएर हत्या प्रयास गरेको घटनाविरुद्ध धनुषा प्रहरीमा जाहेरी परेको छ । पीडित राधिकाकी आमा अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी हुन् ।प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले पीडितकी आमाले जाहेरी  दिएकाले कारवाही प्रक्रिया अगाडि बढाइएको बताए । जेठ १६ गते धनुषाको क्षीरेश्वरनाथ नगरपालिका बस्ने २८ वर्षीय अरुणकुमार साहले प्रेमिका राधिकाको शरीरमा करेन्ट लगाएका थिए । एक वर्षसम्मको प्रेम सम्बन्धपछि ८ महिना