बर्दियामा दुई दिनमा दुईवटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपास र खाता जैविक मार्ग क्षेत्र आसपासमा दैनिक जसो मानिस तथा पशुचौपायालाई आक्रमण गर्ने दुईवटा पाटेबाघलाई नियन्त्रणमा लिइएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्ग क्षेत्रमा केही महिना अघिदेखि आतंक मच्चाइरहेको एउटा पाटेबाघलाई बिहीबार मधुवन नगरपालिकाको भग्रैया क्षेत्रबाट नियन्त्रणमा लिइएको छ भने बुधबार गेरुवा गाउँपालिका–४ गोला सामुदायिक मध्यवर्ती वनबाट अर्को बाघलाई नियन्त्रणमा लिइएको थियो । दुवै बाघलाई डार्ट (लठ्याएर) गरेर नियन्त्रणमा लिइएको हो ।