रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

एजेन्सी । बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ ।  आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीपछि शरणार्थीहरु विस्थापित भएका हुन् । सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी आगलागीका कारण प्रभावित बनेका छन् । आगलागीका कारण कुनै मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको उनीहरुको भनाइ छ । शरणार्थी सहायता आयुक्त मोहम्म

सम्बन्धित सामग्री

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा लागेको आगलागी योजनाबद्ध : अनुसन्धान

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा लागेको भीषण आगलागी योजनाबद्धरुपमा गरिएको अनुसन्धानमा खुलेको छ । विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर रोहिंग्या क्याम्पमा गत साता लागेको आगलागी ‘योजनाबद्ध र उद्देश्यपूर्ति’का लागि गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।

रोहिंग्या शरणार्थी शिविर बाहिर रहेपछि प्रहरीकाे खोजी तीब्र

बंगलादेशबाट नेपाल ल्याएका रोहिंग्या शरणार्थीहरु शिविर भन्दा बाहिर रहेको पाएपछि प्रहरीले खोजी सुरु गरेको छ । काठमाडौँमा कोठा भाडा लिएर बसिरहेका रोहिंग्या शरणार्थीहरुको खोजी तथा अनुसन्धान सुरु गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोकी प्रमुख (एसएसपि) दुर्गा सिंहले बताउनुभयो ।