लहानमा रेनो सोरुम

काठमाडौं (अस) । सिराहाको लहानमा रेनो सोरुम सञ्चालनमा आएको छ । कम्पनीले सिरहामा भाग्य महालक्ष्मी अटोमोबिल्स सोरुम खोलेको हो । भाग्य महालक्ष्मी अटोमोबिल्सका सञ्चालक राम साह तथा जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्य सहभागी कार्यक्रममा कम्पनीका जनरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सेल्स नेटवर्क प्रमुख विपुल भट्टराईले संयुक्त रूपमा सोरुम उद्घाटन गरे ।   ग्राहकलाई गुणस्तरीय सेवा दिन प्रतिबद्ध लहानमा सोरुम खोलिएको कम्पनीका कम्पनीका जनरल म्यानेजर श्रेष्ठले बताए । लहान सोरुमले यस क्षेत्रका ग्राहकलाई  गाडीसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीका सेल्स नेटवर्क प्रमुख भट्टराईले जानकारी दिए । सोरुममा रेनोका सर्वाधिक क्विड, ट्राइबर, काइगर र डस्टरलगायत गाडी उपलब्ध हुनेछन् । सोरुमबाट उपभोक्ताले स्पेयर पार्टस्, एसेसरिजलगायत सेवा लिन सक्ने कम्पनीले बताएको छ ।