शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल - NepaliPatra

काठमाडौँ। काठमाडौँको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ। उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो। बिहीबार केन्द्रीय अनुगमन समितिले गरेको अनुगमनमा सो पम्पले कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सिल गरिएको हो। टोलीले पछिल्लो केही दिनयता पेट्रोल पम्पहरुको अनुगमन गरिरहेको छ।