काठमाडौं (अस) । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक संस्था एनसेलले ‘इन्डलेस कम्बो प्याक’ अफर ल्याएको छ । एनसेलले नयाँ वर्ष २०७९ को अवसरमा सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको यो अफर सञ्चालनमा ल्याएको हो ।
गत ५ वैशाखदेखि सञ्चालनमा आएको उक्त अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ बजे देखि साँझ ५ बजेसम्मका लागि डे कम्बो प्याक लिन सक्नेछन् । त्यस्तै बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न मिल्ने गरी थप २ प्याक ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम पाउनेछन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरी उक्त प्याक सुचारु गर्न सक्ने कम्पनीको भनाइ छ । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि प्याक सुचारु गर्न सक्ने बताइएको छ । बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको कम्बो प्याक २५ रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीको भनाइ छ ।