रूस–युक्रेन युद्धले चीनको महत्वाकांक्षी परियोजना बीआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी युद्धका कारण अधिकांश मध्य र पूर्वी युरोपेली (सिइई) देशहरू चीनलगायत विदेशी शक्तिहरूबाट सतर्क हुन थालेकाले चीनको ‘१७+१ पहल’ गम्भीर रूपमा प्रभावित भएको छ ।सन् २०१२ मा चिनियाँ विदेश मन्त्रालयले चीन र मध्य तथा पूर्वी युरोपेली (सिइई) देशहरू बीचको व्यापार र लगानी सम्बन्धलाई प्रवर्द्धन गर्न गठन गरेको थियो । सिइई सरकारको मनोवृत्तिमा असहजता महसुस गरेपछि