राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत साउन १ गतेदेखि फागुन ५ गतेसम्म २७ वटा गैँडा मरेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको ८ महिनामा २७ गैँडा मरेका छन् । तीमध्ये १३ वटा प्राकृतिक कारणले मरेका हुन् भने अन्य एकआपसमा जुधेर, बाघको आक्रमणमा परेर र चोरी सिकारीको मरेका विभागले जनाएको छ । जसमा ४ वटा बाघको आक्रमणमा परी मरेका छन् भने ७ वटा आपसमा जुधेर मरेका छन् । यस्तै, चोरी सिकारीमा २ वटा गैँडा मरे विभागले जनाएको छ ।