आरन व्यवसाय सङ्कटमा

बाजुरामा आरन व्यवसाय सङ्कटमा परेको छ । यो व्यवसायबाट जीविका चलाउँदै आएका विश्वकर्मा समुदायको पुर्खौली पेसा आरन सङ्कटमा परेको हो । बडीमालिका नगरपालिका–७, जिल्लीका ६० वर्षीय अङ्गे लोहार २० वर्षदेखि आरन व्यवसाय गर्दै आउनुभएको छ । उहाँको २० वर्षको आरन व्यवसायको अनुभव र मेहनतको काम हेर्दा कमाइ भने निकै कम छ । लोहारले पाँच वर्षयता कैलाश आरन व्यवसाय दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । मार्तडी–कोल्टी सडकखण्डको छेउमा आफ्नै लगानीमा आरन व्यवसाय गर्ने घरसमेत निर्माण गर्नुभएको छ । पछिल्लो समयमा व्यवसाय लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै “युवापुस्ता आरनसम्बन्धी सिप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेसा सम्हाल्ने नहुँदा आरन व्यवसाय झन् हराउँदै गएको लोहारले बताउनुभयो ।

सम्बन्धित सामग्री

आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा

कैलाली- आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा पर्न थालेका छन् । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा सङ्कटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन् । कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारका खड्ग तिरुवाले आरनमा काम गर्ने औजार आधुनिक किसिमका नभएकाले समस्या हुन थालेको बताए । “बजारमा आधुनिक औजारबाट बनेका सामान सस्तोमा […]

अर्घाखाँचीमा लोप हुँदै आरन ब्यवसाय

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण आरन व्यवसाय लोप हुँदै गएका छन् । युवा पुस्ताको आकर्षण विदेश तिर बढेपछि, पाका पुस्तालाई यो पेशा जोगाउन समस्या भएको छ । पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले अर्घाखाँचीमा आरन पेसा लोप हुँदै गएको छ । विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन […]

युवापुस्ताले चासो नदिँदा आरन व्यवसाय सङ्कटमा

युवा पुस्तामा पुख्र्यौंली सीप र पेशा अँगाल्नुको साटो यसलाई भेदभावको दृष्टिले हेर्ने र राजनीतिक नेतृत्वले पनि त्यस्तै नारा लगाउँदै भ्रमित तुल्याएपछि मुलुकमा स्वरोजगारीका क्षेत्रहरु संकटमा पर्न थालेको छ । यस्तै संकटको अवस्थामा पुगेको छ, कृषि औजार तथा घरेलु हतियारहरु बनाउने आरन व्यवसाय । यो व्यवसालाई स्वरोजगारीको क्षेत्र बनाउने नीति र कार्यक्रम नहुँदा युवा पुस्ता आफ्नै …

आरन व्यवसाय सञ्चालन गर्न निःशुल्क तालिम

डाेटी – डोटीको जिल्ला सदरमुकाम सिलगढीमा सात दिने निःशुल्क आरन व्यवसाय तालिम सुरु भएको छ । सात दिनसम्म चल्ने तालिममा डोटीका नौ वटा पालिकाका दुई/दुई जना आरन व्यवसायी र सामाजिक विकास कार्यालय तर्फबाट तीन जना गरी २१ जनाको सहभागिता रहेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार तालिम दिइएको हो । स्थानीय व्यवसायीलाई प्रवर्धन गरी उद्यमशील जनशक्ति तयार गर्ने उद्देश्यले तालिम दिइएको सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेव महराले बताउनुभयो ।  आरन व्यवसाय तालिमले गरिबी घटाउन सहयोग प...

परम्परागत आरन व्यवसाय लोप हुने अवस्थामा

काठमाडौँ,१४ फागुन । म्याग्दीका ग्रामीण भेगमा परम्परागतरूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । आयातित कृषि औजार तथा हातहतियारको बढ्दो प्रयोग हुनुका साथै धेरै मिहिनेतमा कम आम्दानी हुने हुँदा नयाँ पुस्ताले आरन पेसा छोड्दै जान थालेपछि विस्तारै यो पेसा लोप हुने अवस्थामा पुगेको हो । बजारमा आधुनिक प्रविधिको प्रयोग गरी खुलेका कृषि […]

कोइलाको अभावले आरन व्यवसाय विस्तारमा समस्या

दोधारा चाँदनी– कोइलाको अभावले आरन व्यवसाय विस्तारमा समस्या देखिएको छ । आरन व्यवसायबाट जीविका चलाउँदै आएका समुदायको पुख्र्यौंली पेसा कोइलाको अभावमा अहिले विस्तार गर्न समस्या देखिएको हो । पुर्ख्यौली पेसा आरन व्यवसायबाट जीविका चलाउँदै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लामसेट्टीका गणेश तिरुवा कोइला अभावले आरन व्यवसाय बन्द हुने अवस्थामा पुगेपछि चिन्तित बनेका छन् ।  आरन व्यवसायबाटै […]

पुर्ख्यौली आरन व्यवसाय संरक्षणमा जुटेका तीनभाइ

बागलुङ : पछिल्लो समय आरन व्यवसाय धराशायी बन्दै गइरहेको पाइन्छ।आरन व्यवसायबाट गुजारा चल्न छाेडेपछि विभिन्न पेशा व्यवसाय अगाल्नेहरूको लर्को नै लागेका बेला बागलुङको बिहुँ घर भई गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा आरन व्यवसाय गर्दै आएका विश्वकर्मा परिवारका तीनभाइ भने यही पेशाबाट सन्तुष्ट भएका छन्।भाइ/भाइबीच रिसराग हुने नेपाली समाजमा यी तीन भाइले एकै स्थानबाट १२ वर्षदेखि आरन पेशालाई हाँक्दै आएका छन्। उनीहरु काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ घर भई १२ वर्षदेखि हटिया बजारमा तामाका भाँडा

जीविकोपार्जन आरन व्यवसायको भरमा

मुगु– मुगुका दलित लुहारहरूको जीविकोपार्जनको लागि परम्परागत आरन व्यवसाय आयस्रोतको माध्यम बनेको छ । देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहेको हो । उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको […]

आरन व्यवसाय बिस्तारै लोप हुँदै

लमजुङ – गाउँघरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय बिस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि बिस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुर्खौँदेखि चल्दै आएको यस व्यवसाय बजार मै तयारी भएका साधन आएपछि यसको महत्त्व पनि त्यत्तिकै कमी भएको आरन व्यवसायीको गुनासो छ । गाउँघरमा चलाउँदै आएका हँसिया, बन्चरो […]

पुर्ख्याैली आरन व्यवसाय आधुनिकिकरण तालिम सञ्चालन

आरन व्यवसाय संरक्षण गर्ने उदेश्यका साथ जिल्लाको पाणिनी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ लाई लक्षित गरि तालिमको सुरुवात गरिएको कार्यालयले जनाएको छ ।