अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पुरा गर्न निर्देशन दिएका छन्। बिहिबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८ /७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनुपर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए ।अहिलेको कामगर्ने मुख्य औजार सफ्टवेर भएकाले कार्या