एसिया कप छनोटका लागि बहराइनमा रहेको नेपाली यू–२० टिम घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको छ। लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनोट सम्भावना सकिएको छ। बहराइनस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सुरुवातबाटै दबाबमा परेको नेपाली युवा टिम पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको थियो। नेपाल खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले बहाराइका खेलाडीलाई फल गरेपछि उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन्।बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे। कप्तान अब्दुल्