हकप्रद निष्कासन गर्न मल्टीपर्पस फाइनान्सले तय गर्‍यो बुक क्लोज मिति

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गर्ने जानकारी गराएको हो । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाइसकेको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ४५ करोड २० लाख छ । ३५ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात उक्त पूँजी रू. ६१ करोडभन्दा बढी पुग्नेछ ।