बन्न सकेनन् पहिरोपीडितका घर

कालीकोट । गतवर्षको बर्खायाममा बाढीपहिरामा परेर घरबारविहीन भएका कालीकोटका पहिरोपीडितका अझै घर बन्न सकेका छैनन् । पहिराबाट घरबारविहीन भएकालाई प्रदेश सरकारले आवासका लागि रकम दिएको भए पनि उनीहरूको जग्गा नहुँदा घर बन्न नसकेका हुन् ।      गतवर्ष बर्खाको पहिराले कालीकोटमा एक हजार १४४ घरमा क्षति पु¥याएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार नरहरिनाथ गाउँपालिकामा २९१, रास्कोट नगरपालिकामा ३६१, शुभकालिका गाउँपालिकामा १३४, खाँडाचक्र नगरपालिकामा ७२, पचालझरना गाउँपालिकामा ५०, तिलागुफा नगरपालिकामा ३८, सान्नी त्रिवेणी गाउँपालिकामा १९२ र महाबै गाउँपालिकामा ६ घरपरिवार पहिराबाट विस्थापित भएका थिए ।       पहिराबाट घरबारविहीन भएका प्रतिपरिवार आवास निर्माणका लागि प्रदेश सरकारले तीन लाखका दरले रकम दिएको भए पनि कसैको जग्गा नहुँदा आवास निर्माणमा समस्या भएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘विस्थापित भएकामध्ये प्रदेश सरकारको सहयोगमा ५० परिवारका लागि आवास थालिएको छ, बाँकी परिवारलाई बजेट अभावमा पुनःस्थापनाको प्रक्रियासमेत शुरु गर्न सकिएको छैन,’ उनले भने, ‘प्रदेश सरकारले पठाएको एक करोड ५० लाखबाट प्रतिघर तीन लाख पर्नेगरी घर निर्माणको काम भइरहेको छ, अरू परिवारलाई त बर्खामा पनि पाल, छाप्रो र छिमेकीको गोठमै बस्ने बाध्यता छ ।’ निर्माणाधीन घर पनि निर्माण सामग्री अभावमा अझै अधुरै रहेको अध्यक्ष विष्टले जानकारी दिए । रास्कोट नगरपालिकामा पहिरो पीडितका लागि घर निर्माण अझै शुरु भएको छैन । कर्णाली प्रदेश सरकारले तीन करोड ३० लाख बजेट दिए पनि सुरक्षित बस्ती बसाल्न ठाउँ छनोटको यकिन नहुँदा काम शुरु गर्न नसकिएको रास्कोटका उपप्रमुख मिमसरा बमले जानकारी दिए । ‘एकीकृत बस्ती बसाल्ने नगरपालिकाको योजना रहेको छ,’ उनले भने, ‘जग्गाको छनोट गर्न नसक्दा बस्ती बसाल्न समस्या भएको हो ।’      पहिराका कारणले घर बगाएकाहरू अहिले अर्काको घरको गोठमा आश्रय लिएर बस्नुपर्ने बाध्यता छ । घर बाढीपहिराले लगेका कारणले सात महिनादेखि छिमेकीको गोठमा बस्दै आएको नरहरिनाथ–४ तल्लो गोठीकी सुन्तला दर्जीले बताइन् । ‘छिमेकीको गोठमा बस्न थालेको सात महिना पुग्यो, गतवर्ष साउनमा पहिराले घर बगाएपछि परिवारका ९ सदस्य गोठ बस्ने गरेका छौं,’ उनले सुनाइन् । पहिराले घर बगाउँदा शुरुका तीन महिना पाल टाँगेर बसेको र चिसो बढ्दै गएपछि छिमेकीको गोठमा बस्न थालेको दर्जीले बताइन् । साउनमै पहिराले घर बगाएपछि सोही गाउँका धनसुर बुढाको परिवार पनि छिमेकीको गोठमा बसेको छ । जग्गाको समस्याले घर बनाउन नसकिएको बुढाले बताए । उनले भने, ‘अहिलेसम्म न घर बनाउन सकिएको छ, न त राम्रो बासको व्यवस्था भएको छ ।’ रासस

सम्बन्धित सामग्री

पक्राउ पर्ने डरले घर फर्कन सकेनन् १५ मिटरब्याज पीडित

३० फागुन, काठमाडौं । सरकारसँग सहमति भए पनि १५ जना मिटरब्याज पीडित गर्न फर्कनबाट रोकिएका छन् । २३ दिन पैदल हिँडेर न्याय माग्न काठमाडौं आएका पीडितहरुमध्ये १५ जना माथि पक्राउ पुर्जी जारी भएकाले उनीहरु घर फर्कन नसकेका हुन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनका अनुसार काठमाडौं आएका करिब १ हजार […]

तिहारमा पनि घर फर्कन सकेनन् पहिरो पीडित

९ कात्तिक, बलेवा । गत भदौको दोश्रो साता खसेको पहिरो थपिँदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएका उनीहरु अझै पनि घर फर्कन सकेका छैनन् । बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाको तल्लो रामतोलामा घर भत्कने, पहिरोले खेतबारी बग्ने क्रम नरोकिएपछि घर छाडेका फर्कन सकेका छैनन् । […]

घर फर्किन सकेनन् कैलालीका बाढीपीडित

स्थानीय काँडा र पथरैया नदीमा आएको बाढीले घर डुबानमा परेपछि गत साता विस्थापित भएका भजनी नगरपालिका– ८ काँडाढिकका ध्वजबहादुर विकको परिवार अझै घर फर्कन सकेका छैनन् । एक साता हुलाकी सडकमा...

नौ दिनसम्म घर फर्किन सकेनन् बाढीपीडित

स्थानीय काँढा र पथरैया नदीमा आएको बाढीले घर डुवानमा परेपछि गत साता विस्थापित भएका भजनी नगरपालिका–८, काँडाढिकका ध्वजबहादुर बिकको परिवार अझै घर फर्कन सकेको छैन । एक साता हुलाकी सडकमा...

सिंहदरबार गाउँमा पुग्‍यो, जनताको घर-आँगनमा पुगेन

मुलुक संघीयतासँगै सिंहदरबारका केही अधिकार गाउँगाउँसम्म पुगेका छन् । शासन व्यवस्था र अधिकारको विकेन्द्रीकरण भएको छ । गाउँमा पुगेका सिंहदरबारले जनअपेक्षित काम गर्न सके/सकेनन् ? स्थानीय सरकारले कसरी काम गरिरहेका छन् ? जनताको गुनासो कसरी सम्बोधन गरिरहेका छन् ? यसै सन्दर्भमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीसँग इकागजका अतिन आचार्यले गरेको कुराकानीः मुलुक संघीयतामा गएपछि गाउँ–गाउँमा सिंहदरबार पुगे […]

प्रदर्शनका नाममा सडक कब्जा हुँदा सास्ती भोग्दै सर्वसाधारण

१५ फागुन, काठमाडौं । आइतबार बिहान कुचोको भारी लिएर काभ्रेको पनौतीबाट काठमाडौं आएका कान्छा तामाङलाई खाना खान घर पुग्नुपर्ने थियो । अमेरिकी सहयोग सम्झौता एमसीसीविरुद्धको प्रदर्शनका कारण उनी समयमा घर पुग्न सकेनन् । प्रदर्शनका कारण सार्वजनिक सवारी साधन नचलेपछि उनी सुन्धाराबाट हिंड्दै बानेश्वर पुगे । हातमा नाम्लो । चाउरिएका गाला । अनि खुट्टामा निलो रंगको […]

घर फर्किन सकेनन् बाढी पीडित

बाढीका कारण विस्थापित भएकाहरुलाई राहत वितरणको काम सुरु भएको छ। उनीहरुलाई तत्काल खाद्यान्न, त्रिपाल, ओढ्ने ओछ्याउने सामाग्री राहत स्वरुप वितरण भैरहेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए।...

उपत्यकामै व्यवस्थित हुन सकेनन् खोप केन्द्र

काठमाडौं, साउन १७। भक्तपुर दधिकोट बस्ने ५३ वर्षीया लक्ष्मी शर्मा पौडेल बिहानैदेखि खोप लगाउने आसमा लाइनमा बसिन। उनले दिउँसोसम्ममा पनि खोप लगाउन पाईनन। अन्त्यमा खोप नलगाई घर फर्किन । गाम्चाचोकदेखि चित्रपुर र दधिकोटस्थित सूर्यविनायक नगर अस्पतालको बाहिरसम्म खोप लगाउनको भीड थियो । खोप लगाउने भीडमा सरकारले तोकेका लक्षित समूहभन्दा युवकयुवती र वयस्क धेरै थिए । […]

अख्तियार र अदालतले २ वर्षसम्म पनि भेट्टाउन सकेनन् विजय गच्छदारको घर !

अख्तियार र अदालतले २ वर्षसम्म भेट्टाउन सकेनन् विजय गच्छदारको घर, काठमाडौंको ठेगाना खोजिँदै काठमाडौंको बालुवाटारस्थित ललिता निवास प्रकरणमा भ्रष्टाचार अभियोग लागेको प्रतिवादी विजयकुमार गच्छदारको ठेगाना दुई वर्षदेखि पत्ता लाग्न सकेको छैन । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति गच्छदारको घर र ठेगाना अख्तियार र विशेष अदालतले दुई वर्षदेखि पत्ता लगाउन नसकेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री हुँदा गच्छदारले भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकार मिची सरकारी र सार्वजनिक जग्गामा मोही कायम गराउने गैरकानूनी प्रस्त...

४१ वर्ष पछि घर आएका दिपक आमासंग बोल्न सकेनन् : RajdhaniDaily.com -

४१ वर्ष पछि घर आएका दिपक आमासंग बोल्न सकेनन्: RajdhaniDaily.com | इलाम । ४० वर्ष देखि भारतीय जेलमा जीवन बिताइरहेका दिपक तिम्सिना आइतवार घर आइपुगेका छन् । इलामको फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का -