जिल्लाको विशिष्टीकृत बालीका रूपमा रहेको सुन्तला कार्यक्रमको जोन कार्यालय म्याग्दीमा स्थापना हुने भएको छ । संघीयता कार्यान्वयनसँगै सुन्तला खेती विस्तारका लागि भूमि व्यवस्थापन तथा कृषि विकास मन्त्रालयले म्याग्दीमा जोन कार्यालय राख्ने भएको हो ।
म्याग्दी – म्याग्दीमा पालिएका गाईगोरुमा ‘लम्की स्किन’ रोग देखिएको छ। देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्की स्किन’ म्याग्दीमा पनि भित्रिएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मङ्गलाको खुम्ल्याह र धवलागिरि गाउँपालिकाको मुनामा लम्की स्किन देखिएको बताए। ‘कृषकले जानकारी […]
म्याग्दी : म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) विजयी भएका छन्। गर्बुजा आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ३,८३२ मत बढी ल्याएर निर्वाचित भए।प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजा २४,०२१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ।म्याग्दीमा कुल ५०,६२५ मत खसेकोमा गबुर्जाले २४,०२१ मत पाए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष
म्याग्दी : म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) जीतको नजिक पुगेका छन्।प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजाले ५ बजेसम्म २०६१० मत प्राप्त गरेर जीत सुनिश्चित गरेका हुन्।म्याग्दीमा कुल ५०६२५ मत खसेकोमा अन्नपूर्ण गाउँपालिकाकाको मात्र मत गणना बाँकी रहँदा गबुर्जाले २०६१० मत प्राप्त गरेर जीत सुनिश्चित गरेका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६८८९ मत प्राप्त गरेका
म्याग्दी– प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि जारी मतदानमा म्याग्दीमा ४० प्रतिशत मत खसेको छ । दिउँसो १२ बजेसम्म म्याग्दीमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीमा एक सय २० वटा मतदान केन्द्र छन् । सबै केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीमा ८६ हजार मतदाता छन् । म्याग्दीमा प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।
म्याग्दी – आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी तीव्र पारिएको छ । चुनावका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए । ‘प्राप्त भएको मतपेटिका, मतपत्र, छेकावार, कोरा कपडा, स्वस्तिक छाप, मसीलगायत मतदान […]
काठमाडौं । म्याग्दीमा सत्तारूढ दलको गठबन्धन र नेकपा एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा तीन जना स्वतन्त्रसहित नौ तथा प्रदेश सभा क्षेत्र क र ख मा पाँच–पाँच उम्मेदवार छन् । २०५६ मा […]
म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि हिमपात भएको छ। यस बर्षको यो पहिलो हिमपात हो। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्। गए रातिदेखि परेको वर्षासँगै हिमपात भएपछि...
म्याग्दी, मंसिर २३ । म्याग्दीमा होटलहरुको संख्या वृद्धि भएर १ सय २२ वटा पुगेको छ । दुई वर्षअघि पर्यटक लक्षित ८७ होटल रहेको म्याग्दीमा दुई वर्षको अवधिमा ३५ वटा नयाँ पर्यटक लक्षित होटलहरु थपिएका हुन् । यी सबै होटलहरुमा गरी १ अर्बभन्दा वढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जनाएको छ । […]