युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीकले राति अबेर फेसबुकको माध्यमबाट देशका जनतालाई रुस विरुद्ध लड्न तयार हुन आग्रह गरेका छन् । उनले रुसी बलले यातना दिएको बताउँदै कायरताको आरोप पनि लगाएका छन् ।उनले भने,‘उनीहरुले हाम्रो बिरुद्धमा पहिले भन्दा पनि धेरै क्षेप्यास्त्र प्रहार गर्न सक्छन् र थप हवाई हमला पनि गर्न सक्छन् । तर हामी यसका लागि तयारी गरिरहेका छौँ ।’युक्रेनमा भइरहेको ठूलो संख्याका मानिसको मृत्युका लागि रुसले किभलाई जिम्मेवार ठहराएको भन्दै उनले यो मस्कोको कमजोरी भएको