नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरूका शौचालयहरुलाई सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरूका शौचालयहरूलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन काठमाडौँ महानगरपालिकाले गरेको आह्वान अनुरुप नबिल बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका श