कैलालीको लम्कीका ७० वर्षीय गगन सिंह आज बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किदै गर्दा नाकामा भेटिनुभयो । दुई महिनाअघि मात्रै मजदूरीका लागि भारतको सिमला पहाड पुग्नु भएका सिंहले परिवारका सदस्यसहित यही मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्न आउनुभएको बताउनुभयो । “गाउँघरबाट भोट हाल्न सबले आउनुर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ”, वृद्ध सिंहले भन्नुभयो, […]