काठमाडौं। काठमाडौँको चन्द्रागिरी नगरपालिकामा कोरोना संक्रमणका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ। नगरपालिकाका हाल ९ सय ८६ जना सक्रिय कोरोना संक्रमित रहेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए। नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ बेडको आइसोलेशन केन्द्र स्थापना गर्ने जनाएको छ। हालैमात्र नगपालिकाले ३०÷३० बेडको अक्सिजनसहितको दुईवटा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ।