एजेन्सी । फिल्म ‘वान्टेड’ पछि पहिलोपटक बलिउड अभिनेता सलमान खानको फिल्म ट्युवलाइट व्यावसायिक रुपमा असफल भएको छ । १ सय करोडमा निर्माण गरिएकाृ यो फिल्मले १ सय पचास करोड पनि स्वदेशी बक्स अफिसमा उठाउन नसक्ने अवस्था आएको छ । जसका कारण फिल्म घाटामा जाने पक्का भएपछि ट्युवलाइट यतिबेला फ्लपको सूचिमा परेको छ ।