काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि २२ औं बागमती नदी महोत्सव आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले आयोजना गरेको महोत्सव थापाथलीदेखि सुन्दरीघाटसम्म र्याफ्टिङको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न भेषभुषासहितकाे झाँकी प्रर्दशन गरिएको थियो । बागमती नदी महोत्सवको शहरी विकासमन्त्री मेटमणी चौधरीले उद्घाटन गरेका थिए । […]