अफगानीस्तानको वार्दक प्रान्तमा विद्युतीय धरापमा परेर तीन जनो तथा छिमेकी मुलुक पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ।विगतको द्वन्द्वमा बिछ्याइएका विद्युतीय धरापमा परेर ती बालबालिकाको ज्यान गएको तालिवान नेतृत्वको सरकारका एक जना अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ। एक जना बालक घाइते भएका छन्।अफगानिस्तानमा युद्धकालमा बिछ्याइएका विद्युतीय धराप पहिचान गरी तिनलाई निष्क्रिय तुल्याउन गत नोभेम्बरदेखि अष्ट्रेलिया, डेनमार्क, जर्मनी, जापान, स्वीडेन, स