ओमानमा शाहीन चक्रवात : मस्कटमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाण्डौ – अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामकाे ट्रपिकल चक्रवात सुरु भएको छ । चक्रवातको असर मस्कटसम्म पर्ने भएकाले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । ओमानको विपद पूर्व सतर्कता केन्द्रका अनुसार मस्कटभन्दा ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरु भएको चक्रवात तीव्र गतिमा ओमान सी तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ । चक्रवातका कारण ठूलो हावाहुरी आउने र ६ सय  मिलिमिटरसम्म भीषण वर्षा हुनसक्ने बताइएको छ । मस्कट तथा मस्कटको उत्तरी क्षेत्रमा दुई/तीन दिनसम्म यसको प्रभाव पर्न...