काठमाडौं : सरकारले काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध खोपको बुष्टर डोज दिन सुरू गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ ठाउँबाट बुस्टर डोज लगाउन सकिनेछ।आइतबारदेखि बुस्टर डोज दिने भनिए पनि तयारी नपुगेको भन्दै सोमबारदेखि लगाउन लागिएको हो। तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने स्वास्थ्य महाशाखाले जनाएको छ।टेकु अस्पताल, टियु शिक्षण अस्पताल, वीर अस्पताल, प्रसूति गृह‚ प्रहरी अस्पताल