झापा । झापा भद्रपुरका पुराना उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको मृत्यु भएको छ । कोरोना संक्रमित अग्रवालको उपचारको क्रममा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि गत जेठ ३१ गते मेची अस्पताल भद्रपुरमा अग्रवालको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणबाट उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते भारतको सिलिगुडी