काठमाण्डाै – नेपाल राष्ट्र बैंकले दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज शुक्रजार आयोजित एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न डिजिटल साक्षरता कार्यक्रमको सुरुवात गरिएको जानकारी दिनुभयो । क्युआरबाट मात्र एक महिनामा ४२ लाख रुपैयाँभन्दा ...