कांग्रेसकै नेतृत्वमा चुनावी सरकार बन्नुपर्छ : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले अबको निकास निर्वाचन नै भएको बताएका छन्।नेपाल प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले देशलाई जटिल परिस्थितिबाट निकास दिन निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन्‌। जारी राजनीतिक तनाव अन्त्य गर्न निर्वाचनको विकल्प नभएको बताउँदै उनले यसअघि सरकारले घोषणा गरेको निर्वाचन संविधान विपरित भएकाले कांग्रेसले विरोध गर्नुपरेको तर्क गरे।‘देशलाई अप्ठेरो परिस्थितिबाट निकास दिनका लाग

सम्बन्धित सामग्री

‘मेरो आँटको परीक्षण नगरे हुन्छ, सभापतिमा लड्ने तय गरिसकें’

७ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको कार्यतालिका पास गरेसँगै सभापति शेरबहादुर देउवा मैदानमा उत्रिएका छन् । तर उनलाई लामो समयदेखि उनकै टिममा रहेको उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन् । निधिले प्रष्ट भनेका छन्, ‘१४औं महाधिवेशनमा सभापतिमा लड्छु ।’ निधिका अनुसार आजका मितिसम्म सभापतिका लागि सात जना उम्मेदवार देखिएका छन् । […]

अनलाइनखबर

नागरिकता मधेसको मात्र समस्या होइन : शेखर कोइराला

५ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिकता मधेसको मात्र समस्या नभएको बताएका छन् । तर नागरिकतालाई लिएर भ्रम फैलाउने काम हुने गरेको उनले बताए । शनिबार भर्चुअल माध्यमबाट आयोजना गरिएको ‘मधेस मन्थन : नेपाली कांग्रेस र मधेस’ कार्यक्रममा नेता कोइरालाले नागरिकतासम्बन्धी विषयमा अनावश्यक शंका नगर्न आग्रह गरे । २०६२/६३ सालपछि […]

अनलाइनखबर

यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनुपर्छ : शेखर कोइराला

३ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिलेको सरकार हटाएर सर्वदलीय सरकार बनाउनुपर्ने बताएकाा छन् । सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आँखा अस्पतालको उद्‌घाटन गर्दै कोइरालाले यो सरकार रहँदासम्म अराजकता बढ्ने भन्दै सर्वदलीय सरकार बनाउनुपर्ने बताएका हुन् । ‘यो सरकार जति अगाडि बढ्छ त्यत्ति अराजक बढ्छ’ उनले भने, ‘त्यहीं भएर यो सरकारलाई […]

अनलाइनखबर

काँग्रेस नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काँग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए ।सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।

Ratopati

नेपालमा कम्युनिष्ट पार्टी निभ्ने बेलाको दियो :  प्रमुख सचेतक खाण

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट सरकार हैन राज्य स्थापना गर्न चाहेको आरोप लगाएका छन् । रुपन्देहीमा नेपाली काँग्रेस केन्द्रीय महिला विभागको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै खाणले ओली सरकारको तीन वर्षे चरित्र हेर्दा कम्युनिष्ट राज्य स्थापना गर्न चाहने खालको भएको बताए ।नेपालमा कम्युनिष्ट पार्टी निभ्न बेलाको दियो जस्तै भएको बताए । खाणले भने, 'जति सुकै उज्यालो र शक्तिशाली देखिए पनि कम्यु

Ratopati

‘प्रतिपक्षको भूमिका खेल्न नसके राजनीति नगरे हुन्छ’

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०७२ सालमा काठमाडौंमा सम्पन्न १३ औं महाधिवेशनदेखि नै पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताउँदै आएका छन् । २०७४ को आम निर्वाचनमा पराजित भएपछि उनले महाधिवेशन लक्षित कार्यक्रमलाई तीव्रता दिए । १४ औं महाधिवेशनमा कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका उनले जिल्ला दौडाहाका […]

अनलाइनखबर

प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्की दिए : शेखर कोइराला

९ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन् । ‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो’ मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, ‘मैले गरेको विघटनलाई बदर […]

अनलाइनखबर

बैतडी जानुअघि काँग्रेस नेता लेखकद्वारा भागरथी हत्या घटनाबारे गृहमन्त्रीसँग छलफल

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका छन् । पार्टीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याबारे अध्ययन गर्न प्रतिनिधि तोकेपछि लेखकले घटनास्थल जानुअघि गृहमन्त्रीसँग भेटवार्ता गरेका हुन् । गृहमन्त्रीसँगको भेटवार्तामा साथमा  नेपाली काँग्रेस बैतडीका पूर्व पार्टी सभापति शिबराज भट्ट , पाटन नगरपालिका नगर प्रमुख पूर्व सहाय मन्त्री केशब बहादुर चन्द, महासमिति सदस्य उत्तर बहादुर ऐर र महाधिवेशन प्रतिनिधि दिनेश भट्ट सह

Ratopati

निर्मला पन्तको घटनामा झैं भागरथी हत्याको दोषीले उन्मुक्ति नपाओस् : शेखर कोइराला

काठमाडौं : नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बैतडीको चडेपानीकी किशोरी हत्या खबरले आफू मर्माहित भएको बताएका छन्। आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले यो घटनाको दोषीलाई कारबाहीको मागसमेत गरेका छन्। 'बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको विद्यालयबाट घर फर्कँदै गर्दा बलात्कार र हत्याको…

पहिलो पोस्ट

सरकारले नागरिकलाई धम्क्याउने काम गरेको छ : कोइराला

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले नागरिकहरूलाई डर देखाउने र धम्क्याउने गरेको बताएका छन् । नेपाल महिला संघद्वारा शुक्रबार सर्लाही–३ मा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘यो सरकारले साइबर सेना लगाएर अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने र नागरिकहरूलाई धम्क्याउने काम गरेको छ ।’ नेकपा ओली समूहले अपराधीहरूलाई पार्टीमा प्रवेश गराइरहेको […]

अनलाइनखबर

काँग्रेस केन्द्रीय समिति बस्दै, सडक आन्दोलनबारे के होला निर्णय?

काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।  पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि केन्द्रीय समिति बस्न सकेन। उक्त दिन डाकिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। 'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे पार्टीको…

पहिलो पोस्ट