२९ भदौ: कतारले तालिवानलगायत सबै संलग्न पक्षहरूसँग “स्पष्ट” सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ। त्यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गरेका छन् ।-एएफपी/Photo: Agency