इलाम–१ : मतगणना सुचारु गर्ने सहमति, नेकपा एसका प्रतिनिधिले हस्ताक्षर गरेनन्

इलाम  : जिल्लाको १ नम्बर क्षेत्रमा रोकिएको मतगणना सुचारु गर्ने सहमति भएको छ। विभिन्न राजनीति दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुबीच सर्वदलीय बैठकबाट मतगणना सुचारु गर्ने सहमति भएको हो।सहमतिपत्रमा नेकपा एमालेका होम कार्की र युवराज बाशिष्ठ, नेपाली कांग्रेसका देवेन्द्र सुवेदी, माओवादी केन्द्रका देवी प्रसाद उप्रेती, मंगोल नेशनल अर्गनाइजेसनका राजन चाम्लिङ र स्वतन्त्र विक्रम पाण्डेले हस्ताक्षर गरेका छन्।सहमति पत्रमा लेखिएको छ। ‘ मतगणना सम्बन्धमा निर्णय गर्दा अवरुद्ध भएको मतगणना कार्य दिउ