२४ वैशाख, काठमाडौं। जनप्रशासन क्याम्पस बल्खुमा आर्थिक अनियमितता भएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । विद्यार्थी संगठनहरुले स्ववियु फन्डको चरम दुरुपयोग, विद्यार्थीको धरौटी र छात्रवृत्ति बाफतको रकम हिनामिना भएको दाबी गरेका छन् । साथै प्रोफेसरले कपि जाँचेबाफतको […]