बेपत्ता तारा एयरको जहाजमा ६ विदेशी यात्रु थिए सवार

१९ यात्रुसहित पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजमा ६ विदेशी यात्रु रहेको खुलेको छ ।  १९ यात्रुमध्ये जहाजमा ४ जना भारतीय २ जर्मन नागरिकसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको पाइएको हो । उक्त विमान मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएपनि त्यसको पुष्टि भैसकेको छैन ।  यद्यपि नेपाल प्रहरीले सम्पर्कविहीन भएको जहाजको खोजी कार्य सुरु भएको जनाएको छ । । तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडान भएरेका थिए । चालक दलका सदस्य इताशव घिमिरे