भारतको केरलामा लगातारको वर्षापछि गएको पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ। अझै ८ जना हराइरहेका छन्। वर्षाका कारण केरलाको इडुक्की र कोट्टायम जिल्लामा पहिरो गएको हो। नदीहरुमा पानीको सतह बढेको छ। पठानमथिट्टा जिल्लामा भारी वर्षा भइरहेको र नदीमा पानीले खतराको सतह पार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घनास्थलमा सुरक्षाकर्मीहरुले उद्धार कार्यलाई तीब्रता दिएका छन्। […]