२९ साउन, काठमाडौं । दुवै मिर्गौला फेल भएका मुगु खत्याड गाउँपालिकाका २४ वर्षीय हरिलाल थापाले उपचार खर्च सहयोगका लागि अपिल गरेका छन् । फागुन २०७८ मा थापालाई स्वास्थ्य समस्या आएपछि नेपालगञ्जको नर्सिङ होम परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पाइएको थियो । नर्सिङ होमले थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिफर गरेको थियो । […]