मंकिपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरूलाई आग्रह गरेको छ ।अहिले विश्वमा मंकिपक्सको संक्रमण फैलिरहेकाले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए […]